‘देउवालाई पाँचपटक प्रधानमन्त्री बन्नुभयो देशका लागि एउटा काम के गर्नुभयो भनेर सोध्दा केही छैन’

काठमाडौँ : एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता समीकरण कांग्रेसका कारण निर्माण भएको बताएका छन्।
बिहीबार एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले सरकारबाट बाहिरिनु पर्दा नेपाली कांग्रेसलाई सारै ठूलो पिर परेको टिप्पणी गरे।
‘कांग्रेसलाई पिर पर्यो भनेर हामी देश बिग्रन दिँदैनौ। काम नगर्ने अनि सरकारबाट हट्नुपर्यो भनेर पिर गर्ने?’, ओलीले प्रश्न गर्दै भने, ‘कांग्रेस सभापति शेरबहादुर देउवालाई पाँच पटक प्रधानमन्त्री बन्नुभयो देशका लागि एउटा काम के गर्नुभयो भनेर सोध्दा केही छैन।’
कांग्रेसले धेरै घमण्ड गरेकोले सत्ता समीकरण भत्काइएको उनले बताए।
नेपाली कांग्रेसले पहिलेको गठबन्धन फलाम वा स्पातले बनेको जस्तो बलियो भएको र ५, १० बर्ष सम्म टिक्ने भनेर भुईँमै खुट्टा टेक्न छोडेपछि गठबन्धन भत्काएको उनको भनाई थियो।
चैत १, २०८० बिहीबार २१:५१:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।