सेन्चुरी बैंकका तत्कालीन सिइओ न्यौपानेसहित १० जना हाजिर जमानीमा​​​​​​​ छुटे

सेन्चुरी बैंकका तत्कालीन सिइओ न्यौपानेसहित १० जना हाजिर जमानीमा​​​​​​​ छुटे

काठमाडौं : धितो मूल्यांकनभन्दा बढी ऋण प्रवाह गरेको आरोपमा पक्राउ परेका प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित १० जना बैंकर हाजिर जमानीमा छुटेका छन्।

सरकारी वकिलको कार्यालयसँगको समन्वयमा उनीहरूलाई हाजिर जमानीमा छोडिएको सीआईबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

उनका अनुसार उनीहरूमाथि प्रारम्भिक अनुसन्धान सकिएको छ। बाँकी अनुसन्धान बाहिर नै राखेर हुने छ।

फागुन १५ गते तत्कालीन सेन्चुरी बैंकका कर्मचारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो।

सीआईबीले प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित तुलसीराम गौतम, सविन घिमिरे, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान, सुनील बस्नेत, दिलीप बराल, दिपेश प्रधान, राजेश भण्डारी र रमण श्रेष्ठलाई पक्राउ गरेको थियो।

उनीहरूमाथि तत्कालीन सेन्चुरी कमर्सियल बैंकमा हुँदा धितो मूल्यांकनभन्दा ९७ करोड बढी ऋण प्रवाह गरेको आरोप लागेको छ।

चैत १, २०८० बिहीबार २०:२९:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।