जगदम्बा स्टील्सको ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड २०८०’ सिलवाललाई
काठमाडौं : जगदम्बा स्टील्स लिमिटेडले यस वर्षको ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड २०८०’ नितेश सिलवाललाई प्रदान गरेको छ।
इन्जिनियरिङ अध्ययन संस्थानको ५८ औं वार्षिक उत्सवको अवसरमा गत मंगलबार थापाथली क्याम्पसमा आयोजित कार्यक्रममा सिलवाललाई उनको शैक्षिक उत्कृष्टताको लागि यस अवार्ड प्रदान गरिएको बताइएको छ।
पुरस्कार स्वरुप सिलवाललाई पदक, प्रमाणपत्र र नगद ५१ हजार रूपैयाँ प्रदान गरिएको थियो।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बराल, क्याम्पस प्रमुख डा. खेम ज्ञावाली लगायतको उपस्थिति रहेको थियो भने कर्पोरेट म्यानेजर विदुर पुरीले उक्त पुरस्कार सिलवाललाई प्रदान गरेका थिए।
यस अवार्ड सन १९८० को दशकबाट उद्यमशीलताको यात्रा शुरु गरेका प्रख्यात उद्यमी तथा जगदम्बा स्टील्स लिमिटेडका संस्थापक श्री शंकरलाल अग्रवालको नाममा राखिएको हो।
चैत १, २०८० बिहीबार २०:०७:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।