हिन्दुराष्ट्र र राजसंस्था पुर्नस्थापनाको मागसहित राप्रपाको आन्दोलन, प्रहरीले गर्यो लाठीचार्ज

हिन्दुराष्ट्र र राजसंस्था पुर्नस्थापनाको मागसहित राप्रपाको आन्दोलन, प्रहरीले गर्यो लाठीचार्ज

काठमाडौं : राप्रपा नेपालको बृहत दबाबमूलक प्रदर्शनका क्रममा प्रहरीले लाठी चार्ज गरेको छ।

बिहीबार कमल थापा नेतृत्व राप्रपा, नेपालको र्यालीमा सहभागी नेता कार्यकर्ता र प्रहरीबीच सुनधारामा ठेलमठेल हुँदा झडपको स्थिति बनेको हो।

प्रदर्शनका कारण सवारी आवागमनमा अस्तव्यस्त बनेको छ। सुन्धारा हुँदै लगनखेलसम्म जाने सवारी साधनहरूलाई रत्नपार्कबाट डाइभर्ट गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले प्रदर्शनकारीहरूलाई एक लेन मिलाएर हिँड्न आग्रह गरेतापनि र्यालीमा सहभागीहरूले दुई लेनबाटै अगाडि बढ्न खोजेपछि झडपको स्थिति बनेको हो।

हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापना, प्रदेश संरचना खारेज, भ्रष्टाचारको अन्त्यलगायतका मागसहित राप्रपा नेपालले काठमाडौँमा दबाबमूलक प्रदर्शन सुरू गरेको हो।

चैत १, २०८० बिहीबार १६:१५:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।