‘सहकारी ठगी र सुन प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेशलाई उन्मुक्ति दिने प्रपञ्च भइरहेको छ’

‘सहकारी ठगी र सुन प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेशलाई उन्मुक्ति दिने प्रपञ्च भइरहेको छ’

काठमाडौं : नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी ठगि र सुन तस्करी प्रकरणमा नाम जोडिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई कारबाहीको माग गरेका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद यादवले पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेशलाई उन्मुक्ति दिने प्रपञ्च भइरहेको भन्दै कारबाहीको माग गरेका हुन्।

उनले पुनलाई कारबाही नगरे गणतन्त्रप्रति नै जनतामा निराशा आउने र सरकारको विरुद्धमा जनताहरू सडकमा उत्रिने बताए।

उनले देश भ्रष्टाचारी र तस्करीको नबनाउन आग्रह गरे।

उनले भने, ‘हामी देशमा सुशासन, समृद्धि चाहन्छौं। हामी आम जनता र जनप्रतिनिधिमा छाएको निराशालाई आशामा परिणत गर्न चाहन्छौं। यो देश तस्करीहरूको देश नबनोस्। यो देश भ्रष्टाचारीहरुको देश नबनोस्। सहकारी ठगी र सुन प्रकरणमा पनि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई उन्मुक्ति दिने प्रपञ्च भइरहेको छ। त्यसप्रति निराश हुनेछन्। र वर्तमान सरकारको विरुद्धमा जनता सडकमा आउनेछ। म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

चैत १, २०८० बिहीबार १५:४३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।