सहकारीका सञ्चालकलाई जेल पठाएर बचत फिर्ता हुँदैन : कानुनमन्त्री

सहकारीका सञ्चालकलाई जेल पठाएर बचत फिर्ता हुँदैन : कानुनमन्त्री

काठमाडौं : कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीबाट ऋण लिएर ठूला-ठूला हाउजिङ र गाडीमा लगानी गर्दा राज्य र नियामक निकाय रमिते बनेको बताएका छन्।

बिहीबारबाट काठमाडौंमा सुरू प्रथम सहकारी डिजिटल कन्क्लेभमा उनले सहकारीका सञ्चालकको गल्तीले मात्रै अहिलेको समस्या नआएको बताएका हुन्।

सहकारीको नियमन गर्न बसेका निकायहरूले राज्यबाट सुविधा लिने तर ठूलो समस्या आउँदा ध्यान नदिने राम्रो नभएको भन्दै उनले बचतबाट ऋण लिएकाले समयमै ऋणको सावा, ब्याज चुक्ता गर्न जरुरी रहेको बताए।

सञ्चालकलाई जेल पठाएर बचत फिर्ता हुन नसक्ने मन्त्री गिरीको भनाइ छ।

कानुनमन्त्री गिरीले भने, 'सहकारीबाट ऋण लाने मान्छे सरर कार चलाएर हिँड्छ, जसले ऋण दियो ऊ जेलमा छ। विधि पद्धति, सहकारीका मूल्यमान्यता र सिद्धान्तभन्दा बाहिर गएर ऋण प्रवाह गर्नेलाई कानूनबमोजिम कारबाही हुनुपर्छ। आम जनताबाट संकलन गरेको रकमबाट ऋण पाएको हो। त्यो ऋण तिर्नुपर्छ। समयमा ऋण तिर्नुस् तिर्नुभएन भने सावाँ ब्याज र हर्जनासहित तिर्नुपर्छ। नतिरे कालोसूचीमा जान्छौं। बैंकले जसरी कारबाही गर्छ। त्यही सरह कारबाही हुन्छ भनेर सरकार वा अर्थमन्त्रालयले समयमा भनिदिएको भए अहिलेको स्थिति आउने थिएन।'

चैत १, २०८० बिहीबार १५:०९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।