आइसिएफसी फाइनान्सले जित्यो लिटमस इन्डोर कर्पोरेट क्रिकेटको उपाधि

आइसिएफसी फाइनान्सले जित्यो लिटमस इन्डोर कर्पोरेट क्रिकेटको उपाधि

काठमाडौं : लिटमस इन्डोर कर्पोरेट क्रिकेटको उपाधि आइसिएफसी फाइनान्सले जितेको छ।

राउन्ड टेबल नेपालद्वारा आयोजित लिटमस इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिताको चौथो संस्करणको उपाधि आइसिएफसीले जितेको हो।

दुई दिन चलेको प्रतियोगितामा उप-विजेताको उपाधि क्लाउड फ्याक्ट्रीले सुरक्षित गर्यो। आठ कर्पोरेट टोलीहरूले प्रतियोगितामा आफ्नो जोस र प्रतिबद्धता प्रदर्शन गरे।

प्रतियोगितामा आइसिएफसी फाइनान्स र क्लाउड फ्याक्ट्रीसहित ग्लोबल आइएमई बैंक, स्ट्रोम कम्युनिकेसन, लिटमस इन्डस्ट्रिज, नेपाल एसबिआई बैंक, हिमालयन रिइन्सुरेन्स र त्रिवेणाी ग्रुप सहभागी थिए।

चैत १, २०८० बिहीबार १४:२८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।