यो देशमा सरकार होइन, कुर्सी मात्र छ : ज्ञानेन्द्र शाही
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले नेपालमा सरकार छ कि छैन भन्दै प्रश्न उठाएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा रसियामा अलपत्र परेका पाँच जना नेपालीले छिमेकी राष्ट्र भारतसँग उद्धारको लागि माग गरेको भन्दै यो देशमा सरकार होईन् कुर्सी मात्र भएको बताए।
उनले भने, ‘यसो हेरे सरकार त छ। तर सरकार छ कि छैन। छ भने रसियामा अलपत्र परेका पाँच जना नेपालीले छिमेकी राष्ट्र भारतसँग हामीलाई उद्धार गर्नुपर्यो भनेर गुहार मागिरहनुभएको छ। के नेपालमा सरकार छ? कुर्सी छ, कहिले वारी कहिले पारी, त्यति छ।’
यस्तै, उनले रसियामा गोरखाका नागरिक पनि अलपत्र रहेको भन्दै आफ्नो निर्वाचन क्षेत्रको नागरिकको उद्धार गर्न नसक्ने प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले जनताको उद्धार गर्ने विश्वास नभएको बताए।
उनले भने, ‘गोरखाबाट प्रधानमन्त्री र परराष्ट्र दुवै हुनुहुन्छ। आफ्नो निर्वाचन क्षेत्रको नागरिकको उद्धार गर्न नसक्ने प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले यो देशका जनताको उद्धार गर्छ भनेर कसरी विश्वास गर्ने।’
चैत १, २०८० बिहीबार १३:३३:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।