दुर्गा प्रसाईंलाई कानुनी कारबाही नगरे सत्याग्रह थाल्ने गोविन्द केसीको चेतावनी

दुर्गा प्रसाईंलाई कानुनी कारबाही नगरे सत्याग्रह थाल्ने गोविन्द केसीको चेतावनी

काठमाडौं : अभियन्तासमेत रहेका चिकित्सक डा. गोविन्द केसीले दुर्गा प्रसाईंलाई कानुनअुनसार कारबाही गर्न माग गरेका छन्।

प्रसाईंले स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्र सुधारको अभियानमा लागेका मानिसहरूलाई ‘मरुन्’ भनेको, अहिले पनि निरन्तर अभियन्ताहरूलाई दुर्व्यवहार गर्ने र धम्की दिने काम गरिरहेको तथा चिकित्सा शिक्षा सुधारको प्रयासबारे झुटा कुराहरू फैलाउने, नाजायज आरोपहरू लगाउने र अभियन्ताहरूको नामै तोकेर निन्दा गर्ने र धम्की दिने जस्ता काम गरिरहेकाले तुरुन्त कानुन अनुसार कारवाही गर्न कारबाही गर्न माग गरेका हुन्।

डा. केसीले आफूसहितका अभियन्ताहरूमाथि लागेका सबै खाले आरोपहरूमाथि निष्पक्ष छानविन हुनुपर्ने र दोषी देखिए कारबाही गर्नुपर्नेमा जोड दिँदै कानुन मिचेर वा व्यक्ति विशेषका लागि नीतिगत भ्रष्टाचार मार्फत निजी स्वास्थ्य संस्था खोल्न नदिने स्पष्ट पारे।

पार्टीका नेताहरूले प्रसाईंलाई छोरा वा नाति बनाएर संरक्षण गरेको स्मरण गराउँदै उनले त्यही दण्डहीनताको परिणामस्वरुप अहिले ती व्यक्तिको अराजकता झनै बढ्दै गएर कानुनी शासनलाई चुनौती बनिरहेको डा. केसीको भनाइ छ।

उनले प्रसाईंलाई कानुनअनुसार कारबाही गर्न र आफूसँग विगतमा भएको सम्झौताहरू शीघ्र कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। अन्यथा कुनै पनि बेला सत्याग्रहसहितको आन्दोलनका कार्यक्रम शुरु गर्नसक्ने चेतावनी समेत उनले दिएका छन्।

चैत १, २०८० बिहीबार १२:१९:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।