संसदमा रविमाथि प्रश्न- ‘निश्पक्ष छानविनका लागि मार्गप्रशस्त गर्ने कि नगर्ने गृहमन्त्रीज्यू?’

संसदमा रविमाथि प्रश्न- ‘निश्पक्ष छानविनका लागि मार्गप्रशस्त गर्ने कि नगर्ने गृहमन्त्रीज्यू?’

काठमाडौं : नेपाली कांग्रेसकी सांसद सीता मिजारले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई मार्गप्रशस्त गर्न आग्रह गरेकी छन्।

सहकारी ठगीको मुद्दामा गृहमन्त्रीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा मुद्दा दायर भएको भन्दै उनले लामिछानेले मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिइन्।

‘निश्पक्ष छानविनका लागि मार्गप्रशस्त गर्ने कि नगर्ने? गृहमन्त्रीज्यूले यसको नैतिक जिम्मेवारी लिने कि नलिने?’

कानुनी शासन स्थापना गर्ने मुख्य अभिभारा बोकेको गृह मन्त्रालयको नेतृत्वमाथि नै गम्भीर नैतिक प्रश्न खडा हुँदा समेत मन्त्री बहालवाला रहिरहेको भन्दै उनले यो प्राकृतिक न्यायको सिद्धान्त विपरीत हुने बताइन्।

उनले भनिन्, ‘उहाँ सार्वजनिक पदमा बसिरहनु कतिको जायज हो?’

त्यसैगरी उनले सुनकाण्डमा अर्थमन्त्री वर्षमान पुनको हिमचिम रहेको भन्दै त्यसबारे पनि छानविन हुनुपर्नेमा जोड दिइन्।

चैत १, २०८० बिहीबार ११:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।