कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु, कुवेती कार चालक प्रहरी नियन्त्रणमा

कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु, कुवेती कार चालक प्रहरी नियन्त्रणमा

काठमाडौं : कुवेतमा कारको ठक्करबाट सडक छेउमा बसेका तीन नेपालीको मृत्यु भएको छ।

मंगलबार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी-साइड सडकमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जना नेपालीको दुर्घटनास्थलमै ज्यान त्यहाँको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा अछाको पन्चदेवल विनायक–५ का सुरत बहादुर कठायत, काठमाडौं नागार्जुन–२ का सुजन कार्की र धनुषा  वेंगादवार–३ का धिरज गुर्मछाने मगररेको नेपाली राजदूतावास कुवेतले  जनाएको छ। 

मृतकहरू कुवेतको एउटै कम्पनीमा कार्यरत सहकर्मी हुन्। प्रहरीले गाडी चालकलाई पक्राउ गरेको छ।

चैत १, २०८० बिहीबार १०:३६:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।