बस दुर्घटनामा बेपत्ता दुई जनाको शव भेटियो

बस दुर्घटनामा बेपत्ता दुई जनाको शव भेटियो

धादिङ : कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा बेपत्ता दुई जनाको शव भेटिएको छ।

फागुन २३ गते विहान पौने पाँच बजे कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको लु २ ख २१२१ नम्बरको बस गजुरी गाउँपालिका–४ घाटबेसीबाट त्रिुशली नदीमा खसेको थियो।

उक्त दुर्घटनामा बेपत्ता भएका रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का २१ वर्षीय विनोद लोद र झापाको कन्काइ नगरपालिका–९ का २२ वर्षीय अर्जुन सिंह रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।

दुवै शवको मुचुल्कापछि पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी लगिएको छ।

बस दुर्घटनामा सात जनाको मृत्यु भएको थियो भने ३० जना भन्दा बढी मानिस घाइते भएका थिए। केही बेपत्ता पनि थिए।

चैत १, २०८० बिहीबार १०:०९:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।