१३ दिनसम्म ब्याट्री टिक्ने सामसङको ग्यालेक्सी फिट३ सार्वजनिक, कति पर्छ मूल्य?

१३ दिनसम्म ब्याट्री टिक्ने सामसङको ग्यालेक्सी फिट३ सार्वजनिक, कति पर्छ मूल्य?

काठमाडौं : सामसङ नेपालले आफ्नो सबैभन्दा नयाँ सटीक फिटनेस ट्रयाकर ग्यालेक्सी फिट३ सार्वजनिक गरेको छ।

सामसङको अत्याधुनिक स्वास्थ्य–निगरानी प्रविधिमार्फत उपभोक्ताले उत्कृष्ट अनुभव गर्न र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने कम्पनीको विश्वास छ।

फिट३ सामसङको सबैभन्दा नयाँ लगाउन मिल्ने (वेरेबल) डिभाइस हो।  यसमा फराकिलो डिस्प्लेसहितको एल्युमिनियम बडी छ।

प्रयोगकर्ताहरूलाई दैनिक व्यायामदेखि लिएर आरामले सुत्दासमेत नाडीबाट सिधै आफ्नो स्वास्थ्य र वेलनेस सम्बन्धी डेटा ट्रयाक गर्न मद्दत गर्ने कम्पनीको भनाइ छ।

फिट३ लाई एल्युमिनियम बडी, एमोलेड स्क्रिन र १.६ इन्चको डिस्प्लेको साथ डिजाइन गरिएको छ, जुन अघिल्लो मोडलको तुलनामा ४५ प्रतिशत फराकिलो हो।

तौल हलुका रहेको यस डिभाइसमा १३ दिनसम्म चल्ने ब्याट्री रहेको कम्पनीको दाबी छ।

फागुन २८ गतेदेखि नेपालभरमा उपलब्ध भएको यो डिभाइस ग्रे, सिल्भर, पिङ्क गोल्ड रङहरूमा उपलब्ध छ। यसको मूल्य कम्पनीले ७ हजार ९९९ रुपैयाँ उपलब्ध हुनेछ।

चैत १, २०८० बिहीबार ०९:५१:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।