प्रतिनिधि सभा बैठक बस्दै, संसद् सचिवालयले निकाल्यो १५ गतेसम्मको क्यालेन्डर

काठमाडौं : संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ।
बैठक विहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको संघीय संसद् सचिवालयले जनाएको छ।
आजको बैठकमा सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा विधेयक, २०८०’लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिँदैछ।
यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले ‘संघीय निजामती सेवा विधेयक, २०८०’ प्रस्तुत गर्ने, ‘निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
त्यसैगरी, आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकका सिद्धान्त प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक)माथि छलफल प्रारम्भ हुने संघीय संसद् सचिवालयका महसाचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।
यसैबीच प्रतिनिधि सभाले १५ दिनको सम्भावित कार्यतालिकासमेत सार्वजनिक गरेको छ। जसअनुसार ३ गते शनिबार बाहेक ७ गतेसम्म लगातार बैठक छ।
उक्त बैठकहरूमा विनियोजन विधेयकमाथिको छलफलको साथमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसमेत रहनेछन्।
चैत १, २०८० बिहीबार ०७:२४:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।