सरस्वती क्याम्पसमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर
काठमाडौँ : ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा ग्लोबल आइएमई बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। यो काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरहरुको संख्या ६७ पुगेको छ।
नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा, रेमिट्यान्सको सुविधा लगायत सबै किसिमका साधारण बैंकिङ्ग सेवाहरू उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।
ग्लोबल आइएमई बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्र छन्।
फागुन ३०, २०८० बुधबार २१:३७:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।