अन्तर्राष्ट्रिय मञ्चमा भारतीय प्रतिनिधिले ‘बुद्ध भारतमा जन्मिएको भनेपछि नेपाली प्रतिनिधिको प्रतिवाद, मागिन् माफी

अन्तर्राष्ट्रिय मञ्चमा भारतीय प्रतिनिधिले ‘बुद्ध भारतमा जन्मिएको भनेपछि नेपाली प्रतिनिधिको प्रतिवाद, मागिन् माफी

काठमाडौँ : रुसमा आयोजित एक कार्यक्रममा भारतीय प्रतिनिधिले बुद्ध भारतमा जन्मिएको दाबी गरेपछि कार्यक्रममा सहभागी नेपाली प्रतिनिधिले प्रतिवाद गरे। मञ्चमा रहेकी भारतीय प्रतिनिधिले बुद्धबारे बोल्नेक्रममा उनी भारतमा जन्मिएको बताएपछि दर्शकदिर्घामा रहेका नेपाली प्रतिनिधीहरुले उठेर प्रतिवाद गरेपछि माफी मागिन्।

मार्च पाँचमा रुसको सोची शहरमा आयोजना भएको 'वर्ल्ड यूथ फेस्टिभल' कार्यक्रममा भारतीय प्रतिनिधिले बुद्ध भारतमा जन्मिएको दाबी गरेकी थिइन्। सार्वजनिक भएको भिडियोमा अन्तर्राष्ट्रिय मञ्चमा भारतीय प्रतिनिधिले कु प्रचार गरेको भन्दै नेपाली युवाहरूले तत्काल प्रतिवाद गरेको देखिन्छ।

कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका हरि ढकालसहितका प्रतिनिधिले बुद्ध नेपालमा जन्मिएको भन्दै प्रतिवाद गरेपछि केही समय कार्यक्रम अवरुद्ध भएको थियो।

नेपाली प्रतिनिधिले प्रतिवाद गर्दै विरोध गरेपछि भारतीय प्रतिनिधिले आफ्नो आशय बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको तर भारतमा बुद्धत्व पाएको रहेको भन्दै आफ्नो भनाइले नेपालीको भावनामा चोट पुगेको भन्दै माफी मागेकी थिइन्। कार्यक्रममा झन्डै १८८ देशका युवाहरूको सहभागिता रहेको थियो ।

फागुन ३०, २०८० बुधबार १९:२३:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।