'ठूला दलको लामो भाषण सुन्नुभन्दा बरू एलिना चौहानको गीत गाइदिँदा संक्षिप्त हुन्थ्यो'

'ठूला दलको लामो भाषण सुन्नुभन्दा बरू एलिना चौहानको गीत गाइदिँदा संक्षिप्त हुन्थ्यो'

काठमाडौं : जनमत पार्टीका अध्यक्ष सीके राउतले पटकपटक बन्ने/भत्किने गठबन्धनबाट जनताले के पाए भन्ने प्रश्न गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले निर्वाचन देशको निर्वाचन प्रणाली नै बदल्नुपर्ने बताएका छन्।

उनले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउने व्यवस्था ल्याउन पनि अपिल गरेका छन्।

उनले संसदको रोष्ट्रममा ठूला दलका नेताहरूले लामो-लामो भाषण गर्ने गरेको भन्दै त्यसको सट्टा एलिना चौहानको गीत गाइदिँदा संक्षिप्त हुने व्यङ्ग्य गरे।

उनले भने, 'हामीले सबै दलका कुराहरू पनि सुन्यौँ, घन्टौंसम्म सुन्दाखेरी लाग्थ्यो- त्यो भन्दा बरू त एलिना चौहानको गीत गाइदिँदा संक्षिप्त हुन्थ्यो कि जस्तो लाग्थ्यो। त्यो लामो फेहरिस्त दिनैपर्दैन थियो।'

राष्ट्रिय स्वतन्त्र पार्टीलाई संकेत गर्दै अध्यक्ष राउतले १७००० प्लस २ लेख्नेले आज त्यही प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएकोबारे प्रश्न गरे।

फागुन ३०, २०८० बुधबार १४:२९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।