‘हिजो राजतन्त्र, हिन्दुधर्मको बिचार बोक्ने राप्रपासँग गठबन्धन गर्दा प्रतिगमन नहुने कांग्रेसको महासमितिले यत्रो आपत्ति?’

‘हिजो राजतन्त्र, हिन्दुधर्मको बिचार बोक्ने राप्रपासँग गठबन्धन गर्दा प्रतिगमन नहुने कांग्रेसको महासमितिले यत्रो आपत्ति?’

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेशमा माओवादी केन्द्रका राष्ट्रिय सभा उम्मेदवार पराजय हुँदा कांग्रेसले आफ्नै उम्मेदवार पराजय भएको महसुस गरेको भएको बताएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै महामन्त्री शर्माले आफ्ना कार्यकर्ताले पनि निर्वाचनमा माओवादीको हँसिया हथौडामा भोट हालेको प्रधानमन्त्रीले बिर्सिसकेको आरोप लगाए।

उनले महासमिति बैठकमा प्रस्तुत प्रस्तावको विषयलाई मुख्य दोष लगाएको उल्लेख गर्दै नेपाली कांग्रेसले डकुमेन्ट समयअनुसार लेखेको बताए।

हिन्दु धर्म, राजतन्त्र फिर्ता र यो व्यवस्थाविरुद्ध बोल्ने पार्टीसँग टाउको जोडेर हिँड्दा प्रतिगमन भएन भन्दै शर्माले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेका छन्।

उनले भने, 'कांग्रेस आफ्नो प्रतिवेदन देशलाई र समयलाई बुझेर लेख्छ, कम्युनिष्ट पार्टीको अध्यक्षलाई सोधेर लेख्दैन, हिजोको दिनमा राजतन्त्र र हिन्दू धर्मको विचार बोक्ने राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गठबन्धन गर्दा प्रधानमन्त्री दाहाललाई प्रतिगमन नहुने तर कांग्रेसको महासमिति बैठकमा आएका विविध विषयले आपत्ति हुने? यो कस्तो विश्लेषण हो।'

महामन्त्री शर्माले नेपाली कांग्रेसले संविधान निर्माणको नेतृत्व र व्यवस्था लागु गरि १२ बुँदे सहमति गरेको उल्लेख गर्दै प्रधानमन्त्री नै अस्थिरताको जड रहेको बताए।

फागुन ३०, २०८० बुधबार १४:१२:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।