‘गठबन्धन बदल्ने मुख्य प्रचण्डजी हो, साथ दिने म पनि हो, कहाँ अर्कालाई जस दिएको?’

‘गठबन्धन बदल्ने मुख्य प्रचण्डजी हो, साथ दिने म पनि हो, कहाँ अर्कालाई जस दिएको?’

काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता समीकरण निर्माणमा लागि माओवादी र एमालेको मात्र भूमिका रहेको बताएका छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नयाँ सत्ता समीकरण निर्माण गर्ने काम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफ्नो हात रहेको बताएका हुन्।

उनले यसमा बाह्य शक्तिको हात नरहेको जिकिर गरेका छन्।

उनले नयाँ सत्ता समीकरण निर्माणको जस छिमेकी मित्रहरूलाई दिने काम नगर्न पनि काँग्रेसलाई आग्रह गरे।

अध्यक्ष ओलीले भने, ‘राम्रो काम जति सबै आफूले गरेको भन्छ नेपाली काँग्रेस। राम्रो जति सबै आफैले गरेको। अरूलाई एक छेउ जस दिन्छ? यसपल्ट पनि नेपाली काँग्रेस मात्रै होइन, अरुअरु यसो छरछिमेकका मित्रहरू पनि यतिको काम त हामीले गरेको भनेर जस दिए हुन्छ नि। सरकार परिवर्तन, यताउता। यी साना कामहरू। हाम्रो देश भित्रका कामहरू त हामीले गरेको भने हुन्छ। को आयो, कुन देश आयो, कसले गर्यो? कहाँ अर्कालाई जस दिएको? हामीले गरेको। प्रचण्डजी मुख्य हो यो परिवर्तन गर्ने। साथ दिने म पनि हो। दुई भाईलाई जस पनि हुन्छ नि अलिकति।’

फागुन ३०, २०८० बुधबार १३:२२:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।