'प्रधानमन्त्रीज्यू, कांग्रेस र एमालेबीचमा कुरा चल्न थाल्यो भने राजनेताको गद्दीको हालत के हुन्छ?'

'प्रधानमन्त्रीज्यू, कांग्रेस र एमालेबीचमा कुरा चल्न थाल्यो भने राजनेताको गद्दीको हालत के हुन्छ?'

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तपाईँबाट धोखा खाएकाहरू एक ठाउँमा उभिए त्यसको परिमाण कस्तो हुने भन्नेबारे प्रश्न गरेका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै आफूहरूले अवस्था बदल्लौ, मन्त्रीहरू फेरबदल गरौं भन्दा प्रचण्डले गठबन्धन नै बदलेको बताए।

उनले भने, 'पोहोर विपक्षमा रहेको एमाले, अहिले विपक्षमा रहेको कांग्रेस। पालैपालो विपक्षमा उभिएकाहरू एउटै पक्षमा उभिए भने, पनि धोका खाएकाहरू एक हौँ भन्ने नारा लाग्यो भने राजनेताको गद्दीको हालत के होला?

उनले एमालेले संवाद गर्न चाहेमा कांग्रेसले त्यसलाई अगाडि बढाउनसक्ने संकेत गरे।

‘कुरा नचल्ने भन्नुभो पूर्वप्रधानमन्त्री ज्यूले। तलबाट हाम्रो सभापतिले इशारा गरेर कुरा चल्ने हो भन्नुभो,’ शर्माले भने, ‘कुरा नचल्नेहरूको कुरा चल्न सुरू भयो भने यहाँको यात्रा चाहिँ कतातिर चल्छ होला प्रधानमन्त्री ज्यू!’

फागुन ३०, २०८० बुधबार १३:१०:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।