प्रकाशशरण महतलाई प्रधानमन्त्रीको चुनौती : 'मैले कहाँ, कसका लागि पैसा मागेँ? प्रमाणित गर्नुस्'

प्रकाशशरण महतलाई प्रधानमन्त्रीको चुनौती : 'मैले कहाँ, कसका लागि पैसा मागेँ? प्रमाणित गर्नुस्'

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वअर्थमन्त्री डा. प्रकाशरण महतले दिएको अभिव्यक्तिको खण्डन गरेका छन्।

बुधबार प्रतिनिधिसभाको रोस्ट्रमबाट विश्वासको मत माग्दै उनले पूर्वअर्थमन्त्री महतले प्रधानमन्त्रीमाथि लगाएको आरोपको खण्डन गरेका हुन्।

'आज भर्खर मैले मान्य प्रकाशशरण महतले दिएको वक्तव्य पनि हेरेँ,' उनले भने, 'उहाँले त प्रधानमन्त्रीले जहाँ भन्यो त्यहाँ खर्च दिएन भन्नुभएछ। म मान्यज्यूलाई चुनौती दिन चाहन्छु, मैले कहाँ, कसका लागि पैसा मागेँ, प्रमाणित गर्नुहोला।'

प्रधानमन्त्री प्रचण्डले जनतामा डेलिभरी दिनको लागि गठबन्धन फेरेको तर्क गरेका छन्।

'यो कार्यकालमा, मैले आफूलाई प्रमाणित गर्न सकिन भने मेरो लागि प्रधानमन्त्री पद औचित्यहीन हुनेछ,' उनले भने।

नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका महतले मंगलबार पत्रकार सम्मेलन गरी  महतले २० वर्ष अघिको शान्ति सम्झौता अनुरुप १० लाखका दरले आर्थिक सहायता बाँड्ने प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेको बताएका थिए।

फागुन ३०, २०८० बुधबार १२:१५:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।