एभरेष्ट बैंकको डिजिटल बैंकिङ थप सहज बनाइने, वानप्वाइन्ट फाइनान्सियलसँग साझेदारी

एभरेष्ट बैंकको डिजिटल बैंकिङ थप सहज बनाइने, वानप्वाइन्ट फाइनान्सियलसँग साझेदारी

काठमाडौँ : बैंक तथा वित्तीय संस्थालाई एपीआईएमएस उपलब्ध गराइरहेको वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र एभरेष्ट बैंकबीच एक समझदारी भएको छ।

समझदारी पत्रमा एभरेष्ट बैंकका तर्फबाट डेपुटी जनरल म्यानेजर आशुतोष शर्मा र वानप्वाइन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रीप्रताप श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार एभरेष्ट बैंकलाई वान प्वाइन्टले एपीआईएमएस उपलब्ध गराउनेछ। वानप्वाइन्टको एपीआईएमएसले बैंकको एपीआई सिस्टमलाई व्यवस्थित बनाउन सहयोग गर्ने छ।

बैंक तथा वित्तीय संस्थाको डिजिटल बैंकिङ पूर्वाधारलाई सबल र सक्षम बनाउन सहयोग गर्दै आएको वान प्वाइन्टले सुरक्षित र विश्वसनीय डिजिटल प्रणाली तथा प्लेटफर्म उपलब्ध गराउँदै आएको उक्त कम्पनीले जनाएको छ।

हालसम्म १४ लाख भन्दा बढी ग्राहकहरू रहेको बैंकले देशैभरि आफ्नो १२८ शाखा संजाल, ३ एक्स्टेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६४ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ।

फागुन २९, २०८० मंगलबार १८:२४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।