प्रचण्डलाई विश्वासको मत नदिने जनमतको निर्णय, उपनिर्वाचनमा आफ्नै उमेदवार उठाउने

प्रचण्डलाई विश्वासको मत नदिने जनमतको निर्णय, उपनिर्वाचनमा आफ्नै उमेदवार उठाउने

काठमाडौं : जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिने निर्णय गरेको छ।

राष्ट्रिय प्रवक्ता शरदसिंह यादवका अनुसार पार्टीको फागुन २३ गतेको सचिवालय बैठकले नयाँ बनेको गठबन्धनमा सहभागी नहुने र सरकारलाई पनि समर्थन नदिने निर्णय गरेको हो।

योसँगै नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी सरकारको विपक्षमा उभिएका छन्।

एमाले, माओवादी केन्द्र, जनता समाज पार्टी, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले वर्तमान सरकारलाई समर्थन गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले बुधबार विश्वासको मत लिँदैछन्।

त्यस्तै, वैशाख १५ मा हुने उपनिर्वाचन अन्तर्गत इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा क्षेत्र नम्बर (१) मा जनमत पार्टीले उम्मेदवार उठाउने निर्णय गरेको प्रवक्ता यादवले जानकारी दिए।

फागुन २९, २०८० मंगलबार १५:०७:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।