गृहमन्त्री लामिछानेको फेसबुके निर्देशन !

गृहमन्त्री लामिछानेको फेसबुके निर्देशन !

काठमाडौँ : केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टी काम गर्ने 'चेकलिस्ट' सहित सरकारको गएको भन्दै सभापति रवि लामिछानेले आफूहरूबाट कुनै 'कम्प्रोमाइज' नहुने बताएका थिए।

शिवरात्रिको अवसरमा शुभकामना दिँदै उपप्रधान तथा गृहमन्त्रीका रूपमा लामिछानेले सामाजिक सञ्जालबाटै सम्झौता नहुने बताए।

उनले आफूहरू केही समय होमवर्क गरिरहेको पनि बताएका थिए।

आज फेरि सामाजिक सञ्जालबाटै गृहमन्त्री लामिछानेले गैरकानुनी काम गर्नेहरूलाई ठाउँको ठाउँ कारबाही गर्न प्रहरीलाई अपिल गरेका छन्।

गृहमन्त्रीका रूपमा देशभरका प्रहरीलाई निर्देशन दिँदै उनले लेखेका छन्, 'देशको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा समूहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारबाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन। ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो।'

उनले थप अगाडि लेखेका छन्, 'तपाईँले मलाई होइन मैले तपाईँलाई सलाम गर्ने गरी काम गर्नुहोस्। मेरो शुभकामना छ। '

फागुन २९, २०८० मंगलबार १४:२९:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।