लोसपाले प्रचण्डलाई विश्वासको मत नदिने, प्रतिपक्षमा बस्ने

लोसपाले प्रचण्डलाई विश्वासको मत नदिने, प्रतिपक्षमा बस्ने
तस्बिर : लोसपा अध्यक्ष महन्थ ठाकुर

काठमाडौँ : लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिने निर्णय गरेको छ।

लोसपाको सोमबार बसेको संसदीय दलको बैठकले संसदमा प्रतिपक्षको भूमिकामा रहने निर्णय गर्दै प्रधानमन्त्री प्रचण्ड नेतृत्वमा रहेको वर्तमान सरकारको विपक्षमा मत हाल्ने निर्णय गरेको हो।

लोसपासँग प्रतिनिधि सभामा चार जना सांसद छन्।

त्यस्तै, आज भएको राष्ट्रिय सभा निर्वाचनमा पनि लोसपाले नेपाली कांग्रेसका उमेदवार युवराज शर्मालाई मतदान गरेको छ।

राष्ट्रिय सभामा लोसपाका एकजना सांसद छन्।

फागुन २९, २०८० मंगलबार १४:१६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।