तस्करी भएको २ सय ९१ किलो ब्रोइलर कुखुराको मासु बरामद
बाँके : भारतबाट अवैध रूपमा आयात भएको २ सय ९१ किलो ब्रोइलर कुखुराको मासु फेला परेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले धम्बोझीमा रहेको प्रदीप मासु पसलबाट भारतबाट अवैध रूपमा तस्करी गरेर ल्याएको कुखुराको मासु बरामद गरेको हो।
प्रहरीका अनुसार धम्बोझी स्थित घनश्याम सोनकरले सञ्चालन गरेको प्रदीप मासु पसलमा ६ वटा जुटको बोराभित्र २ सय ९१ किलो छाला र हड्डी नभएको अवैध ब्रोइलर कुखुराको मासु फेला परेको हो।
प्रारम्भिक अनुसन्धानमा मासु भारतबाट तस्करी गरेर नेपाल ल्याएर विक्रीका लागि राखिएको खुलेपछि प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि पशु क्वारेनटाइन कार्यालय नेपालगन्ज बाँकेमा पठाएको छ।
फागुन २८, २०८० सोमबार २२:५३:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।