एमजी मोटर्सको ईभी ग्राहकका लागि पहिलो ईभी चार्जिङ एप

एमजी मोटर्सको ईभी ग्राहकका लागि पहिलो ईभी चार्जिङ एप

काठमाडौं : एमजीको नेपालको लागि आधिकारिक वितरक एवं आयातकर्ता पारामाउन्ट मोटर्स प्रालिले पारामाउन्ट चार्जिङ सोलुसन एप सार्वजनिक गरेको छ।

यो एपले एमजीको विद्युतीय गाडी चलाउने नेपाली ग्राहकहरूका लागि सुविधाजनक र प्रभावकारी चार्जिङ समाधान प्रदान गर्ने कम्पनीले जनाएको छ।

एपस्टोर र प्लेस्टोर दुवैमा निःशुल्क रूपमा उपलब्ध यो पारामाउन्ट चार्जिङ सोलुसन एप डाउनलोड गरेर ग्राहकहरूले सजिलैसँग आफ्नो विवरणहरू भरेर साइन अप प्रोसेस पूरा गर्न सक्नेछन्। चार्जिङ्ग शुल्क ʻखल्ती एप’ मार्फत भुक्तानी हुने भएकोले ग्राहक महानुभावहरूको अनिवार्य ʻखल्ती एप’ हुनुपर्ने कम्पनीले जनाएको छ।

पारामाउन्ट चार्जिङ सोलुसन एपले देशभर रहेका ३० किलोवाट डिसी चार्जिङ स्टेसनका लाइभ अपडेटको साथै चार्जिङ्ग भुक्तानीमा सहजता पुर्याउने छ। यस एपले हालका लागि ३० किलोवाट चार्जर मात्र सपोर्ट गर्ने भएकोले एमजी जेड एस ईभी र एमजी फो ईभीका ग्राहकहरूलाई फाइदा पुग्ने बताइएको छ।

हालसम्म देशभरमा एमजीका ११ वटा चार्जिङ स्टेसन छन्।

यस एप अन्तर्गतको आरएफआइडी कार्ड मार्फत ग्राहकहरूले देशभरिका कुनै पनि एमजीका ३० किलोवाट चार्जिङ स्टेसनमा आफ्नो सवारीसाधन चार्ज गर्न सक्नेछन्। यस कार्ड कम्पनीबाट लिनको लागि भ्याटसहित ५०० रूपैयाँको वार्षिक सदस्यता शुल्क तिर्नुपर्नेछ।

यो एपले २४ घन्टा चार्जिङ सोलुसनहरू उपलब्ध गराइ ग्राहकहरूको चार्जिङ्ग सम्बन्धी समस्यालाई सम्बोधन गर्ने कम्पनीले जनाएको छ।

पारामाउन्ट मोटर्सले नेपाल विद्युत प्राधिकरणले तोकेको दरमा प्रति युनिट दरमा थप २० प्रतिशत शुल्क लागू गर्नेछ। प्रति युनिट शुल्क पिक र अफ-पिक आवरमा फरक हुनसक्ने कम्पनीले जनाएको छ।

फागुन २८, २०८० सोमबार २१:०६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।