​राष्ट्रियसभा अध्यक्षमा दुई जनाले गराए उम्मेदवारी दर्ता

​राष्ट्रियसभा अध्यक्षमा दुई जनाले गराए उम्मेदवारी दर्ता

काठमाडौं :​ ​राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्।

बिहान ११ बजेदेखि १ दिउँसो बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएकोमा माओवादीका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहालका सहोदर भाइ नारायण दाहालले संघीय संसद्को ल्होत्से हलमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

उनीसँगै नेपाली कांग्रेसका लागि लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारी दर्तापछि दुवैले संँगै तस्बिर खिचाएका छन्।

साढे १ बजे उम्मेदवारको नामावली प्रकाशित गरिनेछ। मंगलबार बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाउने कार्यतालिका छ।

माओवादी, एमाले, एकीकृत समाजवादी र जसपा लगायतको सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने सहमति भएको थियो।

फागुन २८, २०८० सोमबार ११:३१:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।