राप्रपा कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

राप्रपा कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार पनि बस्दै छ।

बैठक मध्यान्ह १२ बजेदेखि केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ।

शनिबार बसेको बैठकमा नेताहरूबीच विवाद हुँदा निर्णायक छलफल हुन सकेको थिएन।

बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति र राप्रपाले अगाडि सारेको सडक आन्दोलनका कार्यक्रम र नविन राप्रपा कार्ययोजना लगायतका सन्दर्भमा छलफल भइरहेको छ।

बैठकका निष्कर्ष आज सार्वजनिक गरिने अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।

फागुन २८, २०८० सोमबार १०:४७:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।