शाओमीको ‘रेड्मी ए थ्री’ स्मार्टफोन नेपालमा, कति पर्छ मूल्य?

शाओमीको ‘रेड्मी ए थ्री’ स्मार्टफोन नेपालमा, कति पर्छ मूल्य?

काठमाडौं : शाओमीले नेपालमा रेड्मी ए थ्री भित्र्याएको छ।

रेड्मी ए थ्री लन्चसँगै शाओमीले आफ्नो इन्ट्री लेभल लाइनअपलाई झनै विस्तार गरेको छ। रेड्मी ए थ्री स्मार्टफोन ६.७१ इन्च एचडी प्लस डिस्प्ले र डुअल रियर क्यामेरा सेटअप सहित कोर्निंग गोरिल्ला ग्लास ३  को सुरक्षासहित उपलब्ध हुनेछ।

१० वाट फास्ट चार्जिङ र ५००० एमएच ब्याट्री रहेको मोबाइललाई युएसबी टाईप सीबाट चार्ज गर्न सकिनेछ। ग्लास ब्याक र लेदर टेक्सचर ब्याक गरी दुईवटा ब्याक डिजाइन भेरियन्टमा उपलब्ध यो स्र्माटफोनमा साइड फिंगरप्रिन्ट स्क्यानर जस्ता सुरक्षाका सुविधाहरू उपलब्ध छन्।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले नेपाली बजारमा रेड्मी ए थ्री भित्र्याउन पाउँदा निकै उत्साहित भएको बताए। उनले यो फोनलाई स्टाइल, इनोभेसन र पर्फर्मेन्सको कम्बिनेसनको संज्ञा दिएका छन्।

रेड्मी ए थ्रीमा ओलिभ ग्रीन, मिडनाइट ब्ल्याक र लेक ब्लू कलरहरूमा ३ जिबी + ६४ जिबी र ४ जिबी + १२८ जिबी  भेरियन्टमा उपलब्ध हुनेछ।

३ जिबी + ६४ जिबी र ४ जिबी + १२८ जिबीको मूल्य क्रमशः ११ हजार ९९९ रुपैयाँ र १२ हजार ९९९ रुपैयाँ पर्नेछ। यी सबै भेरियन्टहरू आधिकारिक मी स्टोर र शाओमीका आधिकारिक रिटेलरहरूमा उपलब्ध छ। 

फागुन २८, २०८० सोमबार ०९:२३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।