२०२४ को ओस्कार अवार्ड ‘ओपेनहाइमर’लाई, सात विधामा उत्कृष्ठ

एजेन्सी : हलिउड फिल्म ‘ओपेनहाइमर’ले यस वर्षको ओस्कार अवार्डमा सात विधामा अवार्ड जितेको छ।
ओपेनहाइमरले उत्कृष्ट चलचित्र, सर्वश्रेष्ठ निर्देशक (क्रिस्टोफर नोलन), सर्वश्रेष्ठ अभिनेता (सिलियन मर्फी), सर्वश्रेष्ठ सहायक अभिनेता (रोबर्ट डाउनी जुनियर), सर्वश्रेष्ठ छायांकन (होयटे भान होयटेमा), सर्वश्रेष्ठ चलचित्र सम्पादन (जेनिफर लेम), सर्वश्रेष्ठ मौलिक संगीत (लुडविग गोरान्सन)को अवार्ड हात पारेको हो।
क्रिस्टोफर नोलनद्वारा निर्देशित यो चलचित्रले यस वर्षको ओस्कार अवार्डमा कुल १३ विधामा मनोनयनमा परेको थियो। तर, अन्य ६ विधामा अन्य चलचित्रले जित हासिल गरेका छन्।
ओपनहाइमरका निर्देशक क्रिस्टोफर नोलनलाई स्टिभन स्पिलबर्गले अवार्ड दिएका थिए। त्यस अवसरमा नोलनले आफ्नी पत्नी र यस फिल्मको सह-निर्माता एम्मा थोमसलाई धन्यवाद दिएका थिए।
उनले आफ्नी श्रीमतीलाई ‘आफ्नो सबै फिल्म र बच्चाहरूको निर्माता’ भनेर सम्बोधन गरे।
सोही समारोहमा एम्मा थोमसले आफू लामो समयदेखि यो क्षणको बारेमा सोचिरहेको र अहिले यहिँ उभिएकोमा खुसी भएको बताइन्। उनले आफ्नो पतिलाई ‘अद्वितीय र अद्भुत’ भनेकी छन्। तर, उनले उत्कृष्ट प्रदर्शनको श्रेय सम्पूर्ण टिमलाई दिएकी छन्।
फागुन २८, २०८० सोमबार ०८:५९:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।