पाँचौँ वरियतामा मन्त्रिपरिषद्मा गए उपेन्द्र यादव

पाँचौँ वरियतामा मन्त्रिपरिषद्मा गए उपेन्द्र यादव

काठमाडौँ : पूर्व उपप्रधानमन्त्री भइसकेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मन्त्रिपरिषद्मा पाँचौँ वरीयतासहित सहभागी भए।

उनी स्वास्थ्य मन्त्रालय लिएर सरकारमा सहभागी भएका हुन्। मन्त्रीपरिषद्मा दोस्रो वरियतामा रघुवीर महासेठ, तेस्रोमा नारायणकाजी श्रेष्ठ र चौथोमा रवि लामिछाने छन्।

एमालेसहितको चार दलको हस्ताक्षर भएको सहमतिमा यादवको समेत हस्ताक्षर थियो।सरकारमा सहभागी हुनेबारे पार्टीमा मतभेद बढेपछि यादवले निर्णय गराउन सकेका थिएनन्।

एक राज्यमन्त्री सहित सरकारमा सहभागी हुने निर्णय गराउँदा वरियतामा कुरा मिलेन। उनले दोस्रो वरियता खोजेका थिए। अन्तमा पाँचौँ वरियतामा चित्त बुझाउँदै आइतबार राष्ट्रपति निवासमा शपथ लिए। उनीसँगै जसपाबाट नवलकिशोर साह बनमन्त्री भएका छन्।

फागुन २७, २०८० आइतबार १२:५८:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।