त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय सिरिज : वर्षाको कारण नेपाल र हङकङबीचको खेल रोकियो
काठमाडौं : त्रिकोणात्मक टी-२० आई सिरिजको नेपाल र हङकङबीचको पहिलो खेल वर्षाको कारण रोकिएको छ।
आइतबार मोङ कोकमा घरेलु टोली हङकङविरुद्ध टस जितेर फिल्डिङ रोजेको नेपालले जारी खेलमा एक विकेट लिएको छ।
नेपालका करण केसीले पहिलो बलमै हङकङका मार्टिन कोट्जेलाई गुल्शन झाको हातबाट क्याच आउट गराए। चार ओभरको खेल सकिँदा हङकङले १ विकेट गुमाएर ४३ रन जोडेको छ।
जारी खेलमा पानी परेपछि खेल रोकिएको हो।
आजबाट सुरू भएको नेपाल, पपुवा न्युगिनी र हङकङबीचको सिरिजको फाइनल मार्च १३ तारिखमा लिग तालिकामा तेस्रो हुने टोलीले हङकङ 'ए' सँग टी-२ खेल खेल्नेछ।
यसअघि शनिबार भएको फ्रेन्ड्सिप कपअन्तर्गतको खेलमा नेपाललाई हङकङले ७३ रनले हराएको थियो।
यसै वर्षको जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने टी-२० विश्वकपमा छनोट भएको नेपाल हाल प्रतियोगिता तयारीका लागि टी-२० क्रिकेट शृंखला खेलिरहेको छ।
नेपालले यसअघि घरेलु मैदानमै नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय टी-२० शृंखला खेलेको थियो।
फागुन २७, २०८० आइतबार १२:१०:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।