राउन्ड टेबल नेपालको लिटमस इन्डोर कर्पोरेट क्रिकेट

राउन्ड टेबल नेपालको लिटमस इन्डोर कर्पोरेट क्रिकेट

काठमाडौं : राउन्ड टेबल नेपालले लिटमस इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिताको चौथो संस्करणको घोषणा गरेको छ।

राउन्ड टेबल नेपालले जिएल आरटी-२२ अल्पसंख्यक विद्यार्थीका लागि सुधार गर्ने प्रतिबद्धताका साथ चौथो संस्करणको सुरुवातको घोषणा गरेकाे हाे।

क्रिकेट प्रतियोगिता कार्यक्रम मार्च ९ र १० तारिखको लागि निर्धारित खेलकुद एक को उत्सव हुने जनाइएको छ।

राउन्ड टेबल नेपालले देशभर नमुना विद्यालय निर्माण गरी आवश्यकतामा परेकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ। क्रिकेट प्रतियोगिताको प्रायोजकमा लिटमस औद्योगिक लिमिटेड, प्लाटिनम प्रायोजकमा आइजीआई इन्स्योरेन्स, गोल्ड स्पोन्सरमा ग्लोबल आईएमई बैंक र हिमालयन रिइन्स्योरेन्स रहेका छन्।

क्रिकेट प्रतियोगितामा आठ कर्पोरेट टोलीले खेलकुद र समुदाय दुवैप्रति आफ्नो सीप र समर्पण देखाउँदै प्रतिस्पर्धा गर्नेछन्।

ग्लोबल आईएमई बैंक, कोल्ड फ्याक्ट्री, स्टोर्म कम्युनिकेसन नेपाल, आईसिएफसी फाइनान्स, लिटमस इन्डस्ट्रिज, नेपाल एसबीआई बैंक, हिमालयन रिइन्स्योरेन्स र त्रिवेणी ग्रुप यस सँस्करणमा समावेश रहेको जनाइएको छ।

यस कार्यक्रमबाट उठेको कोषले नमुना विद्यालयको विकासमा प्रत्यक्ष रूपमा योगदान पुर्याउने र त्यहाँ विपन्न विद्यार्थी शैक्षिक र व्यक्तिगत रूपमा फस्टाउन सक्ने आयोजकले जनाएको छ।

फागुन २७, २०८० आइतबार ११:५३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।