‘साँच्चै समृद्ध राष्ट्र भयौँ भने त्यसपछि हामी राजनीति आफ्नो पार्टीबाट गर्दै गरौँला’

‘साँच्चै समृद्ध राष्ट्र भयौँ भने त्यसपछि हामी राजनीति आफ्नो पार्टीबाट गर्दै गरौँला’

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको एजेन्डामा राजनीतिक दलहरू एक ठाउँमा उभिनु पर्ने बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले इकोनोमिक एजेन्डामा राजनीतिक दलहरू एक नआइकन देशको अर्थतन्त्र अघि बढ्न नसक्ने जिकिर गरे।

अध्यक्ष ढकालले देश रहे, देश समृद्ध राष्ट्र भए नै राजनीतिक गर्ने ठाउँ हुने बताए।

उनले भने, ‘हामी आग्रह गर्दछौँ, कमसेकम इकोनोमिक एजेन्डामा राजनीतिक दलहरू एक ठाउँमा आउनुपर्छ। इकोनोमिक एजेन्डामा यहाँहरू एक ठाउँमा आउनुभयो भने मलाई लाग्छ राम्रो हुन्छ। देश रह्यो भने, व्यावसायिक एक्टिभिटी बढ्यो भने रोजगारी सिर्जना भयो भने र रेभिन्यु कलेक्शन भयो भने साँच्चै समृद्ध राष्ट्र भयौँ भने त्यसपछि हामी राजनीति आफ्नो पार्टीबाट गर्दै गरौँला।’

उनले चैत्र २८ गतेको महासंघको साधारणसभामा राजनीतिक दलका अध्यक्ष, पूर्वप्रधानमन्त्री र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबैको प्रतिनिधित्व हुने गरी एउटा कार्यक्रम गर्न लागेको बताए।

उनले निजी क्षेत्रका आर्थिक एजेन्डालाई सबै राजनीतिक दलले प्रतिबद्धता जनाउनुपर्ने बताए।

अध्यक्ष ढकालले सरकारले बाइलेट्रल इन्भेष्टमेण्ट एग्रिमेण्ट (बिपा) छिटो पास गर्न आवश्यक रहेको बताए।

फागुन २६, २०८० शनिबार २१:११:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।