कार्तिके जंगलमा ४५ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ

कार्तिके जंगलमा ४५ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ

काठमाडौं : ओखलढुंगामा ४५ वर्षीया महिलाको बलात्कार आरोपमा एकजना पक्राउ परेका छन्।

मोलुङ गाउँपालिका-६ का ३७ वर्षीय रुद्रबहादुर तामाङलाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।

तामाङले सोही ठाउँस्थित कार्तिके जंगलमा बिहीबार दिउँसो महिलाको बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

फागुन २६, २०८० शनिबार २०:४७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।