कांग्रेसको राष्ट्रिय सभामा संसदीय दलको नेता चुनिए सिटौला

कांग्रेसको राष्ट्रिय सभामा संसदीय दलको नेता चुनिए सिटौला

काठमाडौं : नेपाली कांग्रेसको राष्ट्रिय सभामा कृष्णप्रसाद सिटौला संसदीय दलको नेता चयन भएका छन्।

शनिबार सभापति शेरबहादुर देउवाले सिटौलालाई राष्ट्रिय सभामा कांग्रेसका संसदीय दलको नेतामा मनोनयन गरेको निजी सचिव केशवराज जोशीले जानकारी दिए।

गत माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा सिटौला कोशी प्रदेशको अन्यतर्फबाट निर्वाचित भएका थिए।

कांग्रेस-माओवादी सत्ता गठबन्धनमा हुँदा सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने बताइएको थियो। यसबारे तत्कालीन गठबन्धनमा समझदारी समेत रहेको चर्चा थियो।

यद्यपि अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको नयाँ सत्ता समीकरण बनाएका छन्।

सत्ता गठबन्धनबाट राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रको उमेदवारलाई समर्थन गर्ने निर्णय भइसकेको छ।

यता, कांग्रेसले पनि राष्ट्रिय सभा अध्यक्षमा आफ्नै उमेदवार उठाउने निर्णय गरेको छ।

२६ फागुन, २०८०, १८:५१:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।