पाथीभरा केबलकार निर्माण तत्काल अघि बढाउन राजनैतिक दलको चासो

पाथीभरा केबलकार निर्माण तत्काल अघि बढाउन राजनैतिक दलको चासो

काठमाडौं : पूर्वी नेपालको ताप्लेजुङ जिल्लाको पाथीभरा (मुकुलुङ) मा केबलकार निर्माणको काम तत्काल अघि बढाउन सबै राजनैतिक दलहरूले आग्रह गरेका छन्।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको आव्हानमा बसेको संसदमा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलहरूको बैठकले केवलकार निर्माण सम्बन्धी आ-आफ्नो धारणा सार्वजनिक गर्दै निर्माणको कामलाई अघि बढाउने निर्णय गरेका हुन्।

कम्पनीले केबलकारको निर्माण कार्य तत्काल सुरू गर्ने र त्यसको लागि शान्ति सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरेको थियो। त्यसपछि प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको अध्यक्षतामा बसेको बैठकमा उपस्थित राजनैतिक दलहरूले  केबलकार निर्माणमा सहजीकरण गर्ने सहमति गरेका हुन्।

दलका प्रतिनिधिहरूले केवलकार जिल्लाको सर्वाङ्गीण विकास, रोजगारी र पहिचानसँग जोडिएकोले यसको निर्माणको काम तत्काल अघि बढाउन आवश्यक वातावरण निर्माण गर्ने बताएका थिए।

आइएमई समूहको अगुवाइमा ताप्लेजुङ जिल्लाको फुङ्लिङ ११, काफ्लेपाटीबाट पाथीभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माण गर्ने योजना रहेको छ।

फागुन २६, २०८० शनिबार १८:०४:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।