‘प्रचण्डबाट धोका खाने जति कुनै दिन एक ठाउँमा आए बाँकी व्यवस्था आफैं हुन्छ’

‘प्रचण्डबाट धोका खाने जति कुनै दिन एक ठाउँमा आए बाँकी व्यवस्था आफैं हुन्छ’

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरू नयाँ सरकार बनाउने ‘धन्दा’मा नलाग्ने भन्दै सशक्त प्रतिपक्षीको भूमिकामा रहने स्पष्ट पारेका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कांग्रेस अब घर-घरमा पुगेर देउसी खेली नयाँ सरकार बनाउने धन्दामा नलाग्ने बताए।

उनले कांग्रेस अब जनताका मुद्दा लिएर खरो रूपमा उत्रने बताए।

धोका खाने जति कुनै दिन एक ठाउँमा आए बाँकी व्यवस्था आफैँ हुने भन्दै उनले अहिले कांग्रेस सरकार भत्काउने चलखेलमा नलाग्ने दाबी गरेका छन्।

‘कसको घरमा देउसी खेल्न गएको, विभिन्न दलहरूसँग गएको कुरा आउँछ’, उनले भने, ‘धार्नी पुर्याउनेतर्फ लागौँ भन्ने पनि आउँछ। धोका खाने जति कुनै दिन एक ठाउँमा आए बाँकी व्यवस्था आफैँ हुन्छ, त्यसका लागि अहिले हतार गर्न जरुरी छैन।’

कांग्रेसबाट सरकारमा गएका केही मन्त्रीहरूको भूमिका चित्तबुझ्दो नभएको आफूहरूले नै भनेको उनले स्मरण गरे। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ती मन्त्री फेर्नुको सट्टा हतार गरेर नयाँ गठबन्धन बनाएको आरोप उनले लगाए ।

महामन्त्री शर्माले चालु अधिवेशनमार्फत विद्यालय शिक्षा विधेयक पारित हुनुपर्ने बताए।

२६ फागुन, २०८०, १७:३०:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।