अहिलेको व्यवस्थामा महिलाले प्राप्त गरेको अधिकार धेरै ठूलो उपलब्धि हो : झाँक्री

अहिलेको व्यवस्थामा महिलाले प्राप्त गरेको अधिकार धेरै ठूलो उपलब्धि हो : झाँक्री

काठमाडौं : एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले अहिलेको व्यवस्थालाई नजरअन्दाज गर्दै खराब किसिमको भाष्य खडा गर्ने काम भइरहेको बताएकी छिन्।

शनिबार काठमाडौंमा आयोजित ‘नेपालमा महिला आन्दोलनको गति र गन्तव्य’ नामक कार्यक्रममा उनले ठूलो संघर्षबाट आएको व्यवस्थालाई नजरअन्दाज गरेर भाष्य खडा गर्ने गलत काम भइरहेको बताएकी हुन्।

उनले भनिन्, ‘आज यो व्यवस्था सानोतिनो संघर्षबाट आएको होइन। व्यवस्थालाई नजरअन्दाज गरेर खराब ढङ्गले खराब भाष्य खडा गरिँदैछ। यो एकदमै गलत छ। महिलाको अधिकारलाई अक्षुण्ण राख्नुपर्छ भन्नुको अर्थ आज जे भइरहेको छ यहि भनेको हो? आफ्ना व्यवहारलाई सामाजिक र मर्यादितको सीमा भित्र राख्नुपर्छ कि पर्दैन? अब बन्ने कानुनमा सामाजिक, सीमा र मर्यादाभन्दा बाहिरका सबै क्रियाकलाप सामाजिक अपराध हुन भनेर परिभाषित गरौं।’

उनले अहिलेको व्यवस्थाभित्र महिलाले प्राप्त गरेको अधिकार धेरै ठूलो उपलब्धि प्राप्त भएको बताइन्।

देशमा अदालत, पुलिस प्रशासनबाट भीड हरेर मात्र निर्णय गर्ने र निवेदन लिने प्रवृत्ति हावी भएको उनको भनाई छ।

फागुन २६, २०८० शनिबार १६:२६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।