साउण्ड सिस्टम नदिने चेतावनीपछि एलिनाले भनिन्- ‘साउन्ड सिस्टम इन्जिनियर पर्दा पछाडिका हिरो हुन्’
काठमाडौं : आफ्ना कार्यक्रमहरूमा साउन्ड सिस्टम उपलब्ध नगराउने चेतावनीपछि गायिका एलिना चौहानले माफी मागेकी छन्।
साउन्ड सिस्टम कम्पनीको चेतावनीसँगै उनले आफ्नो कमजोरीलाई स्वीकार गरेकी छन्।
आज सामाजिक सञ्जालमार्फत् माफी माग्दै एलिनाले साउण्ड इन्जिनियर, रेकर्डिष्ट, छायांकार, अडियो र भिडियो सम्पादक सबै पर्दा पछाडिका हिरो भएको बताएकी छन्।
गत फागुन २० गते कुश्मामा आयोजित एक महोत्सवमा साउन्ड सिस्टम खराब भएपछि एलिना र टेक्निसियनबीच भनाभन भएको थियो। टेक्निसियनले एलिनालाई 'पहिला आफ्नो भोकललाई क्लिएर गर्नु अनि हाम्रो लेभलमा आउनु' भनेपछि विवादको स्थिति सिर्जना भएको थियो।
त्यसपछि ६ साउन्ड सिस्टम कम्पनीले एलिनाले माफी माग्नुपर्ने भन्दै उनका कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने चेतावनी दिएका थिए।
एलिनाले लेखेकी छिन्, ‘साउण्ड इन्जिनियर, रेकर्डिष्ट, छायांकार, अडियो र भिडियो सम्पादक सबै पर्दा पछाडिका हिरो हुन्। जो हामीलाई दर्शक श्रोताबीच पुर्याउने मूल पात्र नै हुनुहुन्छ भन्ने मैले मसिनो गरि बुझेको छु। म उहाँहरूको सम्मान र स्वाभिमान प्रति सधैं सचेत छु।’
फागुन २६, २०८० शनिबार १६:०६:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।