दोमासे परेको भन्दै कुशको लास बनाएर चितामा जलाउन खोज्दा आगो सल्किएर मलामी घाइते

दोमासे परेको भन्दै कुशको लास बनाएर चितामा जलाउन खोज्दा आगो सल्किएर मलामी घाइते
फाइल फोटो

काठमाडौं : तनहुँको देवघाट गाउँपालिका -२ दराइटारमा चितामा आगो लगाउने क्रममा जलेर दुईजना घाइते भएका छन्।

शुक्रबार सोही ठाउँ बस्ने ७४ वर्षीय रनबहादुर दर्लामीको मृत्यु भई दाहसंस्कार गर्न धार्मिक परम्पराअनुसार दोमासे परेको भन्दै कालीगण्डकी नदी किनारमा कुशको लास बनाइएको थियो। सोही कुशको चितामा पेट्रोल लगाएर आगो सल्काउने क्रममा दुई घाइते भएको प्रहरीले जनाएको छ।

पेट्रोलको लप्काबाट निस्केको आगोले जलेर देवघाट गाउँपालिका -२ डिगाउँ बस्ने ५२ वर्षीय नरबहादुर चितौरे र २७ वर्षीय लक्ष्मण सारु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

उनका अनुसार घाइते भएका दुवै मलामी थिए।

घाइतेहरूको चितवनस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ।

फागुन २६, २०८० शनिबार १५:२९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।