हङकङसँग ७३ रनले पराजित नेपाल
काठमाडौं : मैत्रीपूर्ण टी-२० आई को पहिलो खेलमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको छ।
हङकङले दिएको दुई सय २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर एक सय ३९ रन मात्र बनाउन सक्यो।
नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ४२ रन बनाए।
त्यस्तै, आरिफ सेखले ३८ र कप्तान रोहित पौडेलले ३० रनको योगदान दिए।
घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनाएको थियो।
नेपालका लागि डेब्यु गरेका तीव्र गतिका बलर आकाश चन्द्रले सर्वाधिक ३ विकेट लिए। त्यस्तै, रसिद खान, प्रतिश जिसी र आरिफ शेखले एक/एक विकेट लिए।
टी-२० आई त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली हङकङ गएको हो।
सिरिजको पहिलो दिन आइतबार नेपाल र हङकङबीच प्रतिस्पर्धा हुनेछ । यस्तै नेपालले फागुन २९ गते पपुवान्युगिनीसँग दोस्रो खेल खेल्ने तालिका छ। फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुनेछ।
आइसीसी टी-२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङको भ्रमण गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।
फागुन २६, २०८० शनिबार १५:०५:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।