जाँतोको प्रहारबाट एक महिलाको हत्या

जाँतोको प्रहारबाट एक महिलाको हत्या

काठमाडौं : सिराहाको गोलबजारमा एक महिलाको हत्या भएको छ।

प्रहरीका अनुसार न्यूस्टार होटेलका सञ्चालक महेन्द्र साहकी श्रीमती वर्ष ३२ की अनितादेवी साहको हत्या भएको हो।

'गएराति पौने २ बजे जाँतोले प्रहार गरी अनिताको हत्या भएको पाइएको छ। उनका श्रीमानको अचेत अवस्थामा उपचार भइरहेको छ,' जिल्ला प्रहरी कार्यकाल सिराहाका प्रहरी निरीक्षक उदयमान सुवेदीले भने, 'हत्या श्रीमान् श्रीमतीको आपसी झगडाका कारण भएको हो वा अन्य कोही व्यक्तिको आक्रमणबाट भएको हो पत्ता लागेको छैन।'

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

फागुन २६, २०८० शनिबार १४:४६:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।