बाबरको शतकमा हङकङले नेपाललाई २१३ रनको लक्ष्य दियो
काठमाडौं : मैत्रीपूर्ण टी२० क्रिकेटमा बाबर हायतको शतकमा हङकङले नेपाललाई रनको २१३ लक्ष्य दिएको छ।
हङकङको मिसन रोड ग्राउन्डमा टस हारेर पहिला ब्याटिङमा तानिएको हङकङले निर्धारित २० ओभरमा छ विकेट गुमाएर २१२ रन बनायो।
उसका लागि बाबर हायातले ४९ बलमा ३ चौका र १३ छक्काको मद्दतमा ११० रन बनायो।
अन्सुमन रथले ३९, मार्टिन कोइटजीले ३१ रन बनाएर आउट हुँदा अहजाज खान २१ रनमा नटआउट रहे।
नेपालका आकाश चन्दले तीन तथा राशिद खान, आरिफ शेख र प्रतिश जिसीले समान एक–एक विकेट लिए।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
फागुन २६, २०८० शनिबार १३:०६:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।