धर्मशाला टेस्ट : भारतलाई २५९ रनको अग्रता, एन्डरसनले ७ सय विकेट लिएर इतिहास रचे

धर्मशाला टेस्ट : भारतलाई २५९ रनको अग्रता, एन्डरसनले ७ सय विकेट लिएर इतिहास रचे

एजेन्सी : धर्मशालामा भारत र इङ्ल्यान्डबीच जारी पाँचौं तथा अन्तिम टेष्टको तेस्रो दिन बिहान भारतीय इनिङ्स ४७७ रनमा समेटिएको छ।

शनिबारको खेलमा भारतीय टोलीले आठ विकेटमा ४७३ रनको अग्रता लिएर खेल्न थाले पनि २५ बलभित्र दुई विकेट गएको हो।

यस अवधिमा टोलीले हिजोको स्कोरमा चार रन मात्र जोड्न सकेन। यससँगै भारतीय टोलीको पहिलो इनिङ्समा कुल २ सय ५९ रनको अग्रता पुगेको छ।

तर, दोस्रो इनिङ्समा इंग्ल्याण्डको सुरुवात राम्रो भएन र उनका दुवै ओपनर २१ रनमा मात्रै आउट भएका थिए।

आजको खेलको सबैभन्दा ठूलो कुरा के हो भने इंग्ल्याण्डका महान फास्ट बलर जेम्स एन्डरसनले ७०० टेस्ट विकेट लिएका छन्।

३० रन बनाएर खेलिरहेका कुलदीप यादवलाई फक्सको हातमा समातेर उनले यो उपलब्धि हासिल गरेका हुन्।

अब पछिल्लो २२ वर्षदेखि टेस्ट खेल्दै आएका एन्डरसनभन्दा अगाडि मुथैया मुरलीधरन छन् जसको नाममा ८०० टेस्ट विकेट छ भने दोस्रो स्थानमा शेन वार्न (७०८ विकेट) छन्।

यो उपलब्धि हासिल गर्ने उनी विश्वकै पहिलो फास्ट बलर हुन्।

फागुन २६, २०८० शनिबार ११:१७:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।