स्याउ खेती गर्न जुम्ला पुगे विप्लव

स्याउ खेती गर्न जुम्ला पुगे विप्लव

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) स्याउ खेतीको लागि जुम्ला पुगेका छन्।

महासचिव विप्लव सामूहिक स्याउ खेतीका लागि विरुवा रोप्न कार्यक्रमको सुरुआत गर्न त्यहाँ पुगेको पार्टीका केन्द्रीय सदस्य विर्खबहादुर शाहीले जानकारी दिए।

नेकपाले सामूहिक स्याउ खेती गर्ने निर्णय गरेसँगै त्यसको सुरूवात जुम्लाबाट गरिएको बताइएको छ। जसअनुसार नेकपा जुम्लाले पहिलो चरणमा दुई हजार बिरुवा रोप्नेछ।

कुल २२ हजार क्षेत्रफलमा फैलिने सामूहिक स्याउ खेतीका लागि १० हजार बिरुवा रोप्ने लक्ष्य पार्टीले लिएको जनाइएको छ।

पार्टीले कृषिलाई पहिलो प्राथमिकता दिने उद्देश्यले बनाएको योजनाअनुसार हिमा गाउँपालिकामा सामूहिक स्याउ खेती सुरू गरिएको महासचिव विप्लवले जानकारी दिए।

फागुन २५, २०८० शुक्रबार २०:१२:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।