रेनु दाहाललाई ‘इन्टरनेशनल मेयर अवार्ड’

रेनु दाहाललाई ‘इन्टरनेशनल मेयर अवार्ड’

काठमाडौं : चितवनको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल ‘इन्टरनेशनल मेयर अवार्ड’ ’द्वारा सम्मानित भएकी छन्। बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा गएराति उनलाई उक्त अवार्ड अर्पण गरिएको हो।

प्रमुख दाहाललाई लन्डनका मेयर सादिक खानसहित मरिससका पहिलो महिला राष्ट्रपति अमिना गुरिब फकिम लगायतको उपस्थितिका बीच एक समारोहमा अवार्ड वितरण गरिएको जनाइएको छ।

उक्त अवसरमा मेयर खानलाई लोकल गर्भमेन्ट अवार्ड, राष्ट्रपति फकिमलाई इन्टरनेसनल वेमन अफ द इयर अवार्ड प्रदान गरिएको थियो। पोलिटिकल एण्ड पब्लिक लाइफ अवार्ड अन्तर्गत सन् २०२४ मा उक्त अवार्ड बेलायत लगायत विभिन्न देशका फरक-फरक क्षेत्रमा ख्यातिप्राप्त २४ जनालाई प्रदान गरिएको हो।

यसवर्ष उक्त अवार्ड पाउनेमा बेलायतका उपप्रधानमन्त्री ओलिभर डाउडेन, प्रमुख विपक्षी दल लेबर पार्टीकी उपनेता एन्जेला रेनर, सीप तथा शिक्षासम्बन्धी राज्यमन्त्री रोर्बट हालफन, लेवर पार्टीका अन्तर्राष्ट्रिय व्यापार छायाँ मन्त्री ग्यारेथ थोमस, भारतका पूर्वमन्त्री सुरेश प्रभु, मौरिससकी पूर्वराष्ट्रपति फकिम, बेलायत वेल्स राज्यकी सांसद नताशा अस्गर पनि रहेको प्रमुख दाहालले जानकारी दिइन्।

अवार्ड प्राप्त गरेपछि प्रमुख दाहालले उच्च राजनीतिक नेतृत्वबीच सम्मानित हुन पाउँदा आफू गौरवान्वित भएको बताइन्। 

फागुन २५, २०८० शुक्रबार १५:२८:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।