प्रीति राईलाई भेट्न अस्पताल पुगे खेलकुद मन्त्री श्रेष्ठ

काठमाडौं : युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर प्रीति राईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पताल पुगेर मन्त्री श्रेष्ठले राईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। उनले उपचाररत राईको स्वास्थ्य लाभको कामना गर्दै छिट्टै मैदानमा फर्कने विश्वास व्यक्त गरे।
मन्त्री श्रेष्ठसँगै एन्फा महासचिव किरण राई पनि बिहीबार साँझ अस्पताल पुगेका थिए।
२९ फेब्रुअरीमा साउदी अबेरियामा भएको वाफ च्याम्पियनसिपको फाइनलमा उनको घुँडामा चोट लागेको थियो।
फाइनल खेल्ने क्रममा घाइते भएकी उनी अन्य सहकर्मीहरूसँगै नेपाल फर्किएपछि उनको बीएण्डबी अस्पतालमा शल्यक्रिया गरिएको थियो।
* हेडलाइनमा खेलकुद मन्त्री हुनुपर्नेमा स्वास्थ्य मन्त्री भएकाले क्षमासहित सच्याइएको छ।
फागुन २५, २०८० शुक्रबार १२:०५:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।