भक्तपुरमा श्रीमान्को कुटपिटबाट एक युवतीको मृत्यु

भक्तपुरमा श्रीमान्को कुटपिटबाट एक युवतीको मृत्यु

भक्तपुर : भक्तपुरमा श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु भएको छ।

बिहीबार साँझ मादक पदार्थ सेवन गरी घर आएका २५ वर्षीय सन्तोष भुजेलले २१ वर्षीया श्रीमती पवित्रा राईले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए।

पवित्रालाई उपचारका लागि भक्तपुर जिल्ला अस्पताल लगिएकोमा बेलुकी ७ बजेर १५ मिनेटमा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसरका डिएसपी बसन्त पाठकले जानकारी दिए।

सिन्धुपाल्चोकको मेलम्ची घर भएका उनीहरू भक्तपुरको चाँगुनारायण नगरपालिका-३, झौखेलमा मनोजकुमार बुढाथोकीको घरमा बस्दै आएका थिए।

सन्तोषलाई नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान अघि बढाइएको प्रहरीले जाएको छ।

फागुन २५, २०८० शुक्रबार १०:५७:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।